काठमाडौं। जुम्ला जिल्लाको तातोपानी गाउँपालिकामा सडक निर्माण हुने भएको छ। गाउँपालिकाको टोपला थाल्ले ग्रामिण सडक निर्माण हुने भएको हो।
सडकको अभावमा उक्त क्षेत्रका स्थानीयबासी समस्यामा परेका थिए। आवतजावतमा पनि सकस हुँदै आएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने खबरले अवातजावतमा सहज हुने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्। सडक निर्माण भएमा अवातजावत मात्र नभएर विद्यार्थीहरुलाइ विद्यालय जान, आफुहरुले उत्पादन गरेका समानहरु बजार सम्म पुर्याउने सहज हुने विश्वास गरिएको उनिहरुको भनाइ छ।
उक्त सडकको जिम्मा जेठी बडा निर्माण सेवाले पाएको छ। सो निर्माण कम्पनीले ३० लाख ८९ हाजार एक सय लागतमा जिम्मा पाएको हो। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने बताएको छ।