काठमाडौं। सिद्धबाबा सुरुङमार्गको डिजाईनको काम सुरु भएको छ। सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइनको काम सुरु गरेको हो।
०७८ फागुन अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार कम्पनीले डिजाइनको काम सुरु गरेको छ। सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम सकेर बुझाउने समय सीमा दिइएको छ।
चाइना स्टेटले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ। सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्रविधिकले डिजाइनको काम थाल्ने बताइएको छ। मूल सुरुङमार्ग ११ सय २६ मिटर लम्बाइको हुनेछ।