काठमाडौं। चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुगेको छ। गत अप्रिल २९ मा भत्किएको भवनमा परी मृत्यु हुनेको संख्या हालसम्म ५३ पुगेको हो।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दुर्घटना बारे थप विवरण दिइएको हो। भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । भवनको भग्नावशेषमा अन्य मानिस हुन सक्ने आशंमा नागरिकको उद्धार जारी राखिएको थियो ।
शुक्रवार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरू १० जनालाई जीवितै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा