काठमाडौं। नेपाल टेलिकमले निर्वाचनको लागि धमाकेदार अफर ल्याएको छ। बैशाख ३० मा सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाईल सेवामा निर्वाचन अफर दिने भएको हो।
९८ रुपैयाँमा जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिने भ्वाईस र एसएमएसका साथै डेटा उपलब्ध गराउने कम्पनीले जनाएको छ। उक्त अफर २५ बैशाखदेखि ४ जेठसम्ममात्र उपलब्ध हुनेछ।
तीन दिनसम्म दुई सय मिनेट कुराकानी गर्न सकिने भ्वाईस प्याक मात्र ९८ रुपैँयामा उपलब्ध हुनेछ। तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने तीन सय वटा एसएमएस मात्र ९८ रुपैँयामा प्रयोग गर्न सकिने छ। यसैगरी तिन दिनकै लागि प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक समेत ९८ रुपैँयामा लिन सकिने व्यवस्था नेपाल टेलिकमले मिलाएको छ।