संखुवासभा। मकालु गाउँपालिका– ३ समाटारमा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्र भोटखोला सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले किमाथाङ्का–खाँदबारी सडक एक साता देखि अवरुद्ध हो।
सुख्खा पहिरोका कारण निर्वाचनका लागि भोटखोला कर्मचारी र यात्रुहरु अलपत्र परेका छन्। मकालु गाउँपालिका– ३ सम्माटारमा सुख्खा पहिरो खसेपछि भोटखोला जाने सडक खण्ड अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयले जनाएको छ।
सुक्खा पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खण्ड खुलाउन समस्या भएको हो। सुख्खा पहिरोले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानीमा भएको छ। सडक खुलाउन उत्तर दक्षिण सडक कार्यालयले स्काभेटर त्यस क्षेत्रमा पुर्याएको भएपनि पहिरो नरोकिएका कारण सडकको पहिरो हटाउन समस्या भएको बताइएको छ।
त्यस क्षेत्रमा अहिले पनि पहिरो झर्ने क्रम रोकिएको छैन। निर्वाचनको समय भएकोले नागरिकहरुको आवत जावतमा वृद्धि भएको छ।