काठमाडौं। काठमाडौंमा फेरि फोहोर थुप्रिएको छ। काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन।
फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ। सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रित भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछन्।
कहिले सिसडोलबासीको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौँसम्म फोहोर नउठ्ने गरेको छ।