बारा। प्रदेश नं. २ अन्तर्गतकोबारा जिल्लाको बारागदी गाउँपालिकाले एक घर एक चापाकल जडान गर्ने भएको छ। सो गाउँपालिकामा भएका सबै स्थानीयहरुलाई पानीको पहुँच पुर्याउने उद्देश्यले उक्त चापाकल जडान गर्ने भएको हो। गाउँपालिकाले चापाकल जडानको लागि एक घर एक चापाकल जडानको लागि कार्यक्रम सञ्चालन गरेको छ।
बारागदी गाउँपालिकाले सो चापाकल जडान गरेपछि स्थानीयले पानीको समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ। पानी मानिसको लागि अपरिहार्य कुरा भएको कारणले गर्दा उक्त गाउँपालिकाले चापाकल जडानलाई प्राथमिकतामा राखेको हो। ८० लाख भन्दा बढी लागत लगाएर बारागदी गाउँपालिकाले चापाकल निर्माण गर्न लागेको कुरा बारागाधी गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले उक्त कार्यको लागि ठेक्का आह्वान पनि गरिसकेको छ। सो काम गाउँपालिकाले छिट्टै सुरु गरी स्थानीयलाई सेवा दिने गाउँपालिकाको उद्देश्य रहेको छ। सो कार्यले बारा जिल्लाको विकास कार्यलाई पनि मद्यत पुग्ने छ।