काठमाडौं। ओखल्ढुंगामा सडक निर्माण हुने भएको छ। जिल्लाको निसङ्खेदेखि भदौँरे रबुवाघाट हुँदै खानीभन्ज्याङ्सम्म रिङ रोड निर्माण हुने भएको हो।
उक्त सडक, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय ओखल्ढुंगाले निर्माण गर्ने भएको छ। सडकको अभावमा उक्त क्षेत्रका स्थानीयबासी समस्यामा परेका थिए। आवतजावतमा पनि सकस हुँदै आएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने खबरले अवातजावतमा सहज हुने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्। सडक निर्माण भएमा अवातजावत मात्र नभएर विद्यार्थीहरुलाइ विद्यालय जान, आफुहरुले उत्पादन गरेका समानहरु ओखल्ढुंगा बजार सम्म पुर्याउन सहज हुने विश्वास गरिएको उनिहरुको भनाइ छ।
उक्त सडक निर्माणको जिम्मा ओएसिस ईन्जिनियर्स निर्माण प्रालि लाजिमपाटले पाएको छ। निर्माण कम्पनीले ९ करोड १८ लाख १४ हजारमा निर्माणको जिम्मा लिएको हो। समयमा नै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ।