काठमाडौं। ओखल्ढुंगामा सडक निर्माण हुने भएको छ। जिल्लाको पात्ले–क्षर्मादिङ–घट्टे खोला–लाप्ची सडक निर्माण हुने भएको हो।
उक्त सडक, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय ओखल्ढुंगाले निर्माण गर्ने भएको छ। सडकको अभावमा उक्त क्षेत्रका स्थानीयबासी समस्यामा परेका थिए। आवतजावतमा पनि सकस हुँदै आएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने खबरले अवातजावतमा सहज हुने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्। सडक निर्माण भएमा अवातजावत मात्र नभएर विद्यार्थीहरुलाइ विद्यालय जान, आफुहरुले उत्पादन गरेका समानहरु ओखल्ढुंगा बजार सम्म पुर्याउन सहज हुने विश्वास गरिएको उनिहरुको भनाइ छ।
सो सडक निर्माणको जिम्मा धुलिखेल निर्माण सेवा प्रालि बानेश्वरले पाएको छ। उक्त निर्माण कम्पनीले ८ करोड ९० लाख २ हजार ३ सय ७२ रुपैयाँ लागतमा निर्माण गर्ने भएको हो।