गोरखा। गोरखाको माछिखोलामा बेलिब्रिज निर्माण कार्य पूरा भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको १ सय २० फिट लामो पुलको काम पूरा भएको हो।
दुई करोड रुपैयाँ लागतमा निर्माण गरिएको पुलको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन्। केही महिनाअघि देखि माछाखोलासम्म गाडी जाने गरेकोमा यो पुल बनेपछि खोर्लाबेंशीसम्म गाडी पुग्न सक्छ । सेनाले बेनिघाट, आरुघाट लार्के सडक निर्माणको ठेक्का लिएर काम गरिरहेको छ ।
२०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक खोलिसकेको जनाएको छ । दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलले जनाएको छ।