खोटाङ। नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ। गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो।
नव निर्वाचित जनप्रतिनिधिको पदभार तथा गोपनीयताको सथप ग्रहण लगत्तै शुक्रबार बसेको बैठकले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जोड्ने दुधकोसी तथा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको बारियोसिस्ने र केपिलासगढी गाउँपालिका जोड्ने रावाखोलामा बेलिब्रिज राख्ने निर्णय गरेको हो।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा राई र उपाध्यक्षमा राजेश राजभण्डारी विजयी भएका छन्।