काठमाडौं। नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपालबाट विद्युत् खरिद गर्न बङ्गलादेश तयार रहेको बताएका छन्।
नेपाल–बङ्गलादेशबीच बूटनीतिक स्थापना भएको ५० वर्ष पुगेको अवसरमा काठमाडौंस्थित बङ्गलादेशी दूतावासमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको छलफलमा उनले नेपाल विद्युत् खरिद गर्न बङ्गलादेश आतुर रहेको बताएका हुन्।
ऊर्जाबाहेकका क्षेत्रमा लगानीका लागि नीतिगत सुधारको अपेक्षा गरेको पनि उनले जानकारी दिए। नेपालसँग लगानी सुरक्षासम्बन्धी छुट्दै सम्झौता गर्न पहल गरे पनि परिणाम हासिल हुन नसकेको उनले बताए।
छलफलमा चेम्बरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग प्रस्ताव गरेको थियो। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्युत् खरिदसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न पनि राजदूत चौधरीसँग आग्रह गरेका थिए।
गोरखापत्र दैनिकबाट