रुपन्देही। रुपन्देही जिल्लाको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ वटा ट्यांकरमा आगलागी भएको छ। डिपोमा तेल खन्याउने क्रममा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको हो।
आगलागी हुनेमा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।