काठमाडौं। आन्तरिक राजस्व कार्यालय पोखराले समयमा राजस्व नबुझाउने निर्माण कम्पनी सहित १६ वटा कम्पनीलाई कारबाहिको चेतावनी दिएको छ। विभिन्न माध्यमबाट पटक पटक राजस्व बुझाउन अनुरोध गर्दासमेत सम्पर्कमा नआएपछि कारबाहिको चेतावनी दिएको हो।
यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा वक्यौता रकम दाखिलाको लागि कार्यालयमा सम्पर्क सम्पर्क राख्न र दाखिला गरेको भएमा सो को प्रमाण बुझाउन कार्यालयले निर्देशन दिएको छ।
अन्यथा,आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको व्यवस्था तथा मु.अ करको हकमा मु.अ कर ऐन, २०५२ को दफा २१ बमोजिमको कानुनी कारबाहिको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
