काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट वृद्धि गरिएको छ । चालु आर्थिक वर्षमा १ खर्ब ५६ अर्ब बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि फास्ट ट्रयाकका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन सहित १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबै भन्दा धेरै बजेट पाउने मन्त्रालय भएकाे र यस मन्त्रालय मार्फत सडक, पुल र यातायात लगायतकाे क्षेत्रमा लगानी र सुपिरभेक्षण गरिने छ ।