काठमाडौं। सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई नेपाल विद्युत प्राधिकरणले कारबाहिको चेतावनी दिएको छ। रोल्पा जिल्लाका विभिन्न ठाउँमा विद्युतीकरण कार्यका लागि खरिद सम्झौता भई कार्यालयले लिखित, मौखिक रुपमा निर्देशन दिदा पनि काममा चासो नदेखाएपछि कारबाहिको चेतावनी दिएको हो।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा स्पष्टीकरण सहित फर्मका प्रोपाइटर स्वयंले विद्युतिकरण कार्य सूचारु गरी विद्युतिकरण कार्य सम्पन्न गर्नका लागि संशोधित कार्य तालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित आवश्यक कागजात लिएर कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ। अन्यथा कारबाहिको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
