झापा। सरकारले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि बजेट विनियोजन गरेको छ। सरकारले ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको हो।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९।०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए।
देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको उनले बताए। झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्न सरकारले बजेट विनियोजन गरेकोमा दमकवासी उत्साहित भएका छन्।