तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा अवस्थित घाँसी पार्क पुनर्निर्माणका लागि डिपिआर तयार गरिएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारका कारण विस्थापित भएको पार्कको ५३ लाखमा डिपिआर तयार गरिएको हो ।
सडक मापदण्डभित्र परेका कारण विस्तार हुँदा विस्थापित भएको पार्क मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले पुनर्निर्माण गर्ने भएको छ ।
डिपिआर स्वीकृतिका लागि एसियाली विकास बैंक (एडिबी)मा पठाइएको छ । एडिबीबाट स्वीकृत भएर आउनेबित्तिकै पार्क निर्माणको काम अगाडि बढाइने छ ।