फाइल तस्बिर
भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–७ सिक्रेटारमा बाल उद्यान निर्माण गरिएको छ । बालबालिकाको मनोरञ्जनका लागि भन्दै वडा कार्यालयले बाल उद्यान निर्माण गरेको हो ।
बाल उद्यान निर्माणका लागि वडा कार्यालययले १० लाख बजेट विनियोजन गरेको थियो । पर्यटकीय क्षेत्रको विकाससँगै बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई दृष्टिगत गरी बाल उद्यान निर्माण गरेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयका अनुसार बाल उद्यान हुँदै यहाँको कैलाशडाँडा र हरित पहाडलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय क्षेत्रको विकासमा वडाले योजनाबद्ध रूपमा काम थालेको छ ।