काठमाडौं। नेपाल सरकार नयाँ शहर आयोजना कार्यालय पाँचथरले निर्माण कार्य ढिला गर्ने निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। पटक पटक ताकेता गर्दा पनि हालसम्म कुनै पनि कार्य अघि नबढाएपछि कारवाहिको चेतावनी दिएको हो।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा निर्माण कार्यको लागि पेश भएको कार्यतालिका अनुसार के कारणले काम नसकिएको हो वा रोकिएको हो सो को भरपर्दो कारण र विवरण सहित स्पष्टीकरण पेश गरी तल्काल निर्माण कार्य शुरु गर्न कार्यालयले निर्देशन दिएको छ। अन्यथा कारवाहिको प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
