काठमाडौं। बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न सूचना जारी गरेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गरेको हो।
विभागले शुक्रवार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न निर्देशन दिएको छ। विभागका अनुसार बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बर प्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको छ।
इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन।