काठमाडौं। प्रदेश सरकार भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय पोखराले निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। सम्झौता गरी निर्माणकार्य ढिला गर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
उक्त कार्यालय र निर्माण व्यवसायी श्री रेडलाईन कन्स्ट्रक्सन कम्पनी प्रा.ली, जनकपुरधाम–२ धनुषा विच निर्माण सम्झौता भई निर्माण सुरु गरिएको काममा ढिला भएको कार्यालयले जनाएको छ। विभिन्न माध्यमबाट काम गर्न अनुरोध गर्दा समेत निर्माण कम्पनीले अटेर गरेको कार्यालयले बताएको छ।
कार्यालयको अनुरोधलाई अटेर गरी हालसम्म पनि कार्य सूचारु नगरी सम्पर्क विहिन भएको कार्यालयको भनाई रहेको छ। यदी ठेक्का तोड्न नपर्ने कुनै मानविय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा कार्यालयमा विश्वसनिय स्पष्टीरण सहित उपस्थित हुन कार्यालयले निर्देशन दिएको छ। अन्यथा ठेक्का तोडी कारबाहिको प्रक्रिया अघि बढाईने कार्यालयले जनाएको छ।
