काठमाडौं। काठमाडौंको टेकुस्थित पेट्रोल पम्प अकस्मात् विस्फोट हुँदा दुई जना घाइते भएका छन्। महानगरपालिका–१२ स्थित कनक पम्पको इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात् भित्रबाट ग्याँस विस्फोट भएको हो।
घाइते भएका दुईजनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
उक्त विस्फोटमा पर्सा जिल्ला जगन्नाथपुर गाउँपालिका– ३ घर भइ कालिमाटी बस्नुहुने ३० वर्षीय किशोरी साहको बायाँ खुट्टा फ्याक्चर भएको छ। साहको दाहिने खुट्टा, अनुहार, दुवै हात र छाती जलेका छ भने उनी अहिले हल्का बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
यसैगरी, दुर्घटनामा पर्नुभएका सोही जिल्लाका १८ वर्षका दीपक कुमार साहको बायाँ गालामा हल्का पोलेको र उनी बोल्न सक्ने अवस्थामा छन्।