काठमाडौं। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरियाले निर्माण कम्पनी सहित ९ वटा कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। विभिन्न निर्माणका कार्य गर्न सम्झौता भएको भएतापनि समयमा काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएको हो।
निर्माण कर्ता र आपूर्तिकर्तालाई पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत तोकिएको समय अवधि भित्र कार्य पुरा नगरेको र अहिले पनि कार्य सन्तोषजनक नदेखिएको कार्यालयले जनाएको छ। ठेक्का तोड्न नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम उपस्थित भई स्पष्टीकरण पेश गर्न कार्यालयले निर्देशन दिएको छ।
