काठमाडौं। चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो। ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले बताएको छ।