काठमाडौं। नेपाल सरकार आन्तरिक राजस्व विभागल जनकपुरधामले समयमा राजस्व नबुझाउने निर्माण कम्पनी सहित ६४ कम्पनीका नामावली सार्वजानिक गरेको छ। बिहिबार सूचना प्रकाशन गर्दै विभागले निर्माण कम्पनी सहित राजस्व दाखिला नगर्ने ६४ कम्पनीको नाम सार्वजानिक गरेको हो।
उक्त कार्यालयले नाम सार्वजानिक गरेका कम्पनीहरुले आयकर बक्यौता नतिरेको, विभिन्न मितिमा पत्राचार, फोन सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि सूचना प्रकाशित गरिएको उल्लेख गरिएको छ।
आन्तिरिक राजस्व विभाग जनकपुरधामले प्रकाशन गरेका सूचनामा अल रिलायबल कन्स्ट्रक्सन, आशा कन्स्ट्रक्सन, मुस्कान कन्स्ट्रक्सन, शिब भोले निर्माण सेवा, शिव शम्भू निर्माण सेवा प्रा.लि, संजिब एण्ड ब्रदर्श कन्स्ट्रक्सन प्रा.लि, मिलिनियम स्टार कन्स्ट्रक्सन प्रा.लि लगाएतका निर्माण कम्पनीहरुको समेत नाम सार्वजानिक गरिएको छ।
उक्त कार्यालयले सूचना प्रकाशन भएको १५ दिन भित्रमा सम्पर्कमा आएर कर रकम दाखिला गर्न वा दाखिला गरेको प्रमाण पेस गर्न अनुरोध समेत गरेको छ। सूचना प्रकाशित भएको १५ दिनसम्म पनि कर दाखिला नभए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने आन्तरिक राजस्व कार्यालयले चेतावनी समेत दिएको छ।
