काठमाडौं। विश्वका सबैभन्दा दिगो सहरहरूको सूची सार्वजनिक गरिएको छ। न्यून कार्बन उत्सर्जन हुने पूर्वाधार, व्यावसायिक यातायात र व्यापारिक पूर्वाधारमा लगानी लगायतका कारकहरूका आधारमा दिगो सहरहरुको सूची सार्वजनिक गरिएको हो।
जसमा विश्वका सबैभन्दा दिगो सहरहरूको पहिलो र्याङकिङमा नर्वेको ओस्लो सहर पर्न सफल भएको छ।
आर्काडिस सस्टेनेबल सिटीज इन्डेक्स २०२२ ले नर्वेको ओस्लो सहरलाई सबैभन्दा दिगो सहरको रूपमा सूचीकृत गरेको हो। त्यसपछि दोस्रोमा स्वीडेनको स्टकहोम, तेस्रो स्थानमा जापानको टोकियो, डेनमार्कको कोपेनहेगन र जर्मनीको बर्लिन छन्।
बाँकी शीर्ष १० मा लन्डन, सिएटल, पेरिस, सनफ्रान्सिस्को, र एम्स्टर्डम छन्।
सूचकांकले सहरहरूलाई दिगोका तीन स्तम्भहरूमा मान्यता दिन्छ। जसमा मानिसहरूको जीवन स्तर, विकास र त्यसबाट नाफा कति कमाइरहेका छन्। यसले अरु २६ अलग अलग सूचकहरूमा ५१ वटा विभिन्न मापनहरू समावेश गर्दछ।