काठमाडौं। घ्याङलेख गाउँपालिकाको कार्यालय सिन्धुलीले निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। चिलाउने पचभैया लप्से हुँदै सातदोवाटोसम्मको सडक निर्माण कार्य म्याद थप गर्दा पनि सम्पन्न नभएपछि स्पष्टीकरण मागेको हो।
कार्यालयले सोमबार सूचना जारी गर्दै समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। म्याद थप पछिको बैंक जमान, विमा आदीको थप कागजात पेश नगरी पटक पटक पत्र मार्फत उक्त कागजात सहित कार्य गर्न अनुरोध गर्दा समेत वेवास्ता गरी आलटाल गरी बसेको कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
यदि काम समयमा नगर्नु पर्ने कुनै मानवीय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा चित्तबुझ्दो लिखित जवाफ सहित कार्यालयमा पेश गर्न अनुरोध गरिएको छ। अन्यथा कानुनअनुसार कारबाहि गरिने कार्यालयले जनाएको छ।
