काठमाडौं। आन्तरिक राजस्व विभाग, ठूला करदाता कार्यालय ललितपुरले समयमा कर नतिर्ने निर्माण कम्पनी सहित १९ कम्पनीको नाम सार्वजानिक गरेको छ। कार्यालयले आज सूचना जारी गरि १९ कम्पनीको नाम सार्वजानिक गरेको हो।
कार्यालयले प्रकाशित गरेको सूचनामा कम्पनीहरुले लामो समयदेखि आफुले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर तथा आयकर रकम नबुझाएको उल्लेख गरिएको छ।
कार्यालयले यो सूचना प्रकाशित भएको १५ दिन भित्रमा बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर तथा आयकर बक्यौता रकम दाखिला गर्नु हुन अथवा दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्न कार्यालयले जनाएको छ।
उक्त समयअवधि भित्र बक्यौता कर रकम दाखिला नगर्ने करदातालाई कारबाहीको प्रक्रिया अघि बढाई व्यवसायीक कारोबार रोक्का, वैंक खाता रोक्का र घरजग्गा रोक्का लगाएतका कारवाही गरी वक्यौता असुली गरिने समेत कार्यालयले चेतावनी दिएको छ।
