भक्तपुर। सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीमा पर्खाल भत्किँदा वृद्धाको मृत्यु भएको छ।
स्थानीय कान्छा श्रेष्ठको जग्गामा रहेको १२ फिट अग्लो पर्खाल बुधबार साँझ भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
घटनाबारे महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको बताइएको छ।