काठमाडौं। एक साता देखि लगातार परेको पानीले सप्तरीका विभिन्न क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। कञ्चनपुर– कमला चारलेन सडक निर्माणको जिम्मा पाएको कम्पनीले पानी निकासी बन्द गर्दा सडकभन्दा उत्तरी क्षेत्रका दर्जनौं बस्ती जलमग्न भएको हो।
अविरल वर्षाका कारण सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकको दर्जनौं घर डुवानको खतरामा परेको छ। पुल तथा कल्भर्टहरु बन्द हुँदा स्थानीय बद्रा खोलाको बाढी बस्ती पसेकोको स्थानीयहरुले बताएका छन्। बुधबार विहानदेखि लगातार परेको पानीले बद्रा खोलामा बाढीको बाहव बढेको छ, स्थानीय रामी यादवका अनुसार सडक विभागले सधै पानी निकासी हुने कल्भर्ट थुनेर माटो भरेर बाँध उठाएर छाड्ने गर्दा डुवान हुने गरेको छ। पानी बाहिरिने कुनै विकल्प छैन, केही घरहरुमा पानी पसिसकेको उनले बताए। यस्तै गतिमा अविरल वर्षा हुने हो भने तीन दर्जन भन्दा बढीघरमा बाढी पस्ने खतरा छ।
त्यस्तै सप्तरीको त्रियुगा, महुली, पारामार, जिता, खाँडौ, बलान लगायतको खोलामा आएको बाढीको कारण जनजीवन समेत प्रभावित भएको छ। त्यसै गरी तिलाठी कोलाडी गाउँपालिकाको राजविराज भन्सार कार्यालय स्थित राजविराज–कुनौली सडक अवरुद्ध भएको छ। गोरखापत्रबाट