काठमाडौं। नेपाल सरकार, आन्तरिक राजस्व कार्यालय धनगढीले समयमा कर नतिर्ने निर्माण कम्पनी सहित २३ कम्पनीको नाम सार्वजानिक गरेको छ। कार्यालयले आज (विहिबार) सूचना जारी गर्दै नाम सार्वजानिक गरेको हो।
कर तिर्न विभिन्न मितिमा फोन सम्पर्क, संकलन भ्रमण तथा पत्राचार गरी गराउदा पनी हालसम्म कर बक्यौता दाखिला नगरेको कार्यालयले जनाएको छ। कतिपय करदातालाई हुलाक मार्फत रजिष्ट्रि गरी पत्रहरु पठाएकोमा उक्त पत्रहरु कार्यालयमा नै फिर्ता आएको कार्यालयले बताएको छ।
कर रकम दाखिला नगरेको कुनै मानविय कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिनमा कर दाखिला गर्न कार्यालयले निर्देशन दिएको छ। अन्यथा कारबाहिको प्रक्रिया अघि बढाइने चेतावनी समेत कार्यालयले दिएको छ।
आन्तरिक राजस्व कार्यालय धनगढीले जारि गरेको सूचनामा काफलासैनी कन्स्ट्रक्सन प्रा.लि, प्वाइन्ट निर्माण सेवा, सपना गाल्वा जेभी, भागरथी निर्माण सेवा समेतको नाम सार्वजानिक गरिएको छ।
