काठमाडौं। मकवानपुरको बागमती गाउँपालिकामा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्।
आइतबार साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको हो।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घाइतेको उपचार हेटौँडास्थित विभिन्न अस्पतालमाभइरहेको जनाएको छ।