काठमाडौं। सडक बोर्ड नेपालले कार्यकारी निर्देशक छनोटका लागि निकालिएको विज्ञापनमा आवेदन दिएकाहरु मध्येबाट ५ जना सर्टलिष्टमा परेका छन्।
कार्यकारी निर्देशकको रिक्त पद पूर्तिका लागि बोर्डले गत चैत १७ गते दरखास्त आह्वान गरेको थियो। उक्त पदका लागि थुप्रै आवेदक थिए।
गत शुक्रबार बसेको सडक बोर्ड, नेपाल कार्य समितिको बैठकले आवेदकमध्ये ५ जनालाई योग्य ठहर गर्दै अन्तिम सूची तयार पारेको हो।
सर्टलिष्टमा पर्नेहरुमा अनिलराज पौडेल, कृष्णसिंह बस्नेत, गणेशबहादुर कार्की, श्रद्धा भण्डारी र चेतना थापा योग्य उम्मेदवार रहेका छन्।
सर्टलिष्टमा परेका ५ मध्येबाट सडक बोर्डले एक जनालाई सरकारले कार्यकारी निर्देशकका रुपमा छनोट गर्नेछ।