बझाङ । जिल्लामा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण अवरुद्ध भएको टेलिकमको नेटवर्क चार दिनपछि सञ्चालनमा आएको हो ।
फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो ।
नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताए ।
टेलिकमको नेटवर्क नभएपछि सम्पर्क बिहीन भएका जिल्लाबासी बल्ल सम्पर्कमा आएका छन् । सम्पर्कबिहीन हुँदा टाढा भएका आफन्तको खबर समेत पाउन नसकिएको र आफूहरुको खबर पनि दिन नपाएर अतालिएको स्थानीयको गुनासो छ । नेटवर्क आएसँगै आफ्ना आफन्तसँग सम्पर्क भएको र मनमा ढुक्क भएको स्थानीयको भनाइ छ ।