काठमाण्डौं। खोलामा पुल नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका–१ मा झोलुङ्गेपुल निर्माण गरिएको छ। वडा नं १ मा रहेको वुदुने खोलामा रु ५० लाख १६ हजार ११३ को लागतमा उक्त पुल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
एक सय १८ मिटर लम्बाइ रहेको सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले हिजो गरेकाथिए। गाउँपालिकाको आर्थिक र राडो नेपालको प्राविधिक सहयोगमा निर्माण भएको उक्त पुलको निर्माणबाट वडा नं १ का उक्त क्षेत्रका ३०९ घरपरिवार लाभान्वित भएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए।
साथै पुलको निर्माणले त्यहाँको चालिसे तथा जिम्मर खोला समेट्ने गरी पुलको निर्माण भएकाले स्थानीय बासिन्दालाई आउने र जाने समस्या हटेको बताइएको छ।