काठमाडौं । करार सम्झौता रद्द भएपछि करिब १० महिनादेखि अलपत्र राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ। आयोजनाले सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणका लागि प्राविधिक मूल्याङ्कन पूरा गरेको छ।
आयोजनाले असोज २७ गते सूचना जारी गर्दै प्राविधिक रूपमा योग्य तीन कम्पनीको आर्थिक प्रस्ताव खोल्ने मिति तय गरेको हो। कुल छ कम्पनीले प्रस्ताव पेस गरेकामा तीनवटा चिनियाँ कम्पनी छनोट भएका छन्।
छनोट हुनेमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड छन्।
आयोजनाका अनुसार तीन कम्पनीको आर्थिक प्रस्ताव आगामी कात्तिक १६ गते दिउँसो १ बजे सिन्धुलीस्थित कार्यालयमा खोलिनेछ। आर्थिक प्रस्तावको मूल्याङ्कनपछि निर्माण ठेक्का दिने प्रक्रिया अघि बढ्नेछ।
