उदयपुर। उदयपुरको रौतामा चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुुगेको छ। रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती पुग्दा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो।
इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।
यसअघि दुई दिन २० र २१ असारमा इ–पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुःन बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ–पासपोर्ट सम्वन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालया इन्ट्रानेटमार्फत इ–पासपोर्टको कार्य हुँदै आएको जनाइएको छ ।