काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चुनावअघि प्रदेशको प्रशिक्षण कार्यक्रम चलाउने भएको छ ।
पार्टीको आज (शनिवार) बसेको स्थायी समिति बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
महराका अनुसार पार्टीले साउन १६ गते बागमती प्रदेश, १८ गते गण्डकी प्रदेश, २० गते प्रदेश १, २२ गते लुम्बिनी प्रदेश, २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते कर्णाली प्रदेश, ३० गते विशेष प्रदेश, भदौ १ गते सम्पर्क समन्वय ३ गते प्रवासको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।
त्यस्तै, पार्टीले आगामी चुनावसम्मका लागि प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न एउटा समिति बनाउने निर्णय गरेको छ। प्रदेश इन्चार्जको नेतृत्व बन्ने सो प्रदेश समन्वय समितिमा केन्द्रीय सदस्य तथा प्रदेशका सबै पदाधिकारी सदस्य रहनेछन्।