सुर्खेत। गुर्भाकोट नगरपालिकामा अवस्थित मेहेलकुना अस्पतालमा करेन्ट लागेर गुर्भाकोट वडा नं. ६ की १७ वर्षीया बालिका विजयी विकको मृत्यु भएको छ।
अस्पतालको नयाँ बन्दै गरेको भवनमा उनलाई करेन्ट लागेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती बालिका त्यहाँ मजदुरी गर्दै आइरहेकी थिइन्।