काठमाडौ। चालु वर्ष सकिदा सरकारले किर्तिमानी भुक्तानी गरेको छ। शनिबार सरकारले साढे २५ अर्ब भुक्तानी भएको छ।
योसँगै सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ। शनिबार प्राय सरकारले भुक्तानी नदिने गरेपनि महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गरी कोष तथा लेखा नियन्त्रक (कोलोनिका) लाई भुक्तानी दिन निर्णय गरेको थियो।
अब सरकारले नयाँ आर्थिक वर्ष नलागेसम्म अति जरुरी बाहेक अन्य भुक्तानी रोक्नेछ। आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावाली २०७७ अनुसार आर्थिक वर्ष सकिनु ७ दिन अगावै ऐनले फ्रिज हुने भनि तोकिएको रकम भुक्तानी गैसक्नु पर्नेछ।
यो वर्ष सरकारले कुल प्राप्तिको १ खर्ब ७७ अर्ब बढी खर्च गरेको छ। हालसम्म सकारले १० खर्ब ६० अर्ब प्राप्ति गरेको छ। यस्तै खर्चतर्फ भने १२ खर्ब ३७ अर्ब खर्च गरेको छ।
शनिबार विकास खर्च शिर्षकमा मात्रै सरकारले १४ अर्ब ७२ करोड भुतानी दिएको छ। हालसम्म कुल विकास खर्च १ खर्ब ८९ अर्ब भएको छ। यो कुल खर्च लक्ष्यको ५० प्रतिशत मात्रै हुन आउँछ। यस्तै चालु शिर्षकमा ९ खर्ब ३८ अर्ब खर्च हुदाँ वित्तिय व्यावस्थातर्फ ९९ अर्ब ३५ करोड खर्च भएको छ। बिजमाण्डुबाट