काठमाडौं। मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण भएको छ। म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो।
मालिकाले दुई खण्डमा एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिए।
४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७।०७८ मा हिमालयन बिल्डर्स एण्ड कन्स्ट्रक्सनले ५६ लाखमा ठेक्का लिएको थियो। चालू आव २०७८।०७९ मा कार्यशक्ति कन्स्ट्रक्सनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन ६४ लाखमा ठेक्का लिएको थियो।
मालिका गाउँपालिकाका इन्जिनियर नमोनारायण ढुंगानाका अनुसार गत आर्थिक वर्षमा ८० लाख र चालू आर्थिक वर्षमा एक करोड विनियोजन भएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन्।
हिमालयन बिल्डर्सले २१ जेठमा पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो। यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको छ। गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो। करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको
कटानको जोखिममा छ।
वि.सं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो। वि.सं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताए। सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो। पक्की पर्खाल निर्माण भएपछि बर्खायाम समयमा दरबाङ बजारवासीले सुरक्षित महसुस गरेका छन्। कारोबारबाट