सिन्धुपाल्चोक । हेलम्बु गाँउपालिका चनौटेमा नेपाली सेनाले बेलिब्रिज निर्माण गर्न शुरु गरेको छ । अर्थ मन्त्रालयले बेलिब्रिज निर्माणका लागि २० भदौमा बजेट निकासा गरेपछि नेपाली सेनाले शुक्रबारदेखि बेलिब्रिज निर्माण थालेको हो ।
बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार निकासा गरेको छ ।
गत साउन १७ गते गतेको बाढीले चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए। पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको वडा १, २ र ३ पाँचपोखरी थाङपाल गाउँपालिकाको १ र २ मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक प्रयोगबाट वञ्चित थिए ।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको तिम्बु, मेलम्ची घ्याङ तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोतेलगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने स्थानीयको भनाइ छ ।