पाँचथर। पाँचथरस्थित फिदिम–१ का नगरवासीहरुलाई स्वच्छ खानेपानीले राहत मिलेको छ। बेमौसमि रुपमा कात्तिकमा आएको अविरल वषाँसँगैको बाढीले फिदिम खानेपानी उपभोक्ताको बृहत् खानेपानीको मुहान भत्काएपछि बजारमा पानीको अभाव भएको थियो। २०५८ सालमा स्थापना भएको स्वच्छ खानेपानीले बाढीले पानीको मुहान भत्काएपछि खानेपानीको अभाव खेपेका त्यहाँको टोलटोलका वासीन्दाहरुलाई बिहान बेलुका निःशुल्क खानेपानी वितरण गरेको कारणले नगरवासीलाई राहत मिलेको हो।
नगरवासीलाई खानेपानी अभाव हुन नदिएको यस स्वच्छ खानेपानीको ट्यांकी मर्मत र पुनःनिर्माणमा थप रकमको अभाव रहेको कारणले स्थानीय सरकार र प्रदेश सरकारले चासोदिनुपर्ने स्वच्छ खानेपानीका अध्यक्षले जनाएका छन्। अहिले फिदिम बजार क्षेत्रमा ३२ वटा स्वच्छ खानेपानीका धाराहरु सञ्चालनमा रहेका छन्। बिग्रिएका धारा मर्मत गर्नका लागि स्वच्छ पानी सञ्चालित समितिले केहि रकम जुटाएरपानीका अभाव टारिरहेका छन्।
बृहत खानेपानी निर्माणको लागि नेपाली सेना, स्थानीय, कार्यलयका कर्मचारीहरु लागेका थिए। पानी परेपछि बृहत खानेपानीको मुहान बिग्रनुमा डिपीआरमा तथा निर्माणमा ठेकेदारको लापरबाही रहेको उपभोक्ताको आरोप रहेको छ। उक्त अविरल वर्षाको कारणले गर्दा फिदिम नगर आसपासका वडाहरुमा रहेको कुवा धाराहरुमा पनि क्षति पुगेको कारणले धारा र मुहान मर्मतमा उपभोक्ताहरु टोलटोलमा जुटिरहेका छन्।