काठमाडौं। संघीय सडक तथा सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय बागलुङले २ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले पुल निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
पुल निर्माण गर्ने सम्झौता बमोजिमको समयअवधिभित्र निर्माण कार्य नगरेको र पटक पटक समयमा निर्माण गर्न ताकेता गर्दा पनि पुल निर्माणमा लापरबाही गरेको कार्यालयले जनाएको छ। लामो समयसम्म निर्माण कार्य अगाडी नबडाएपछि २०७८/०९\०१ मा ठेक्का तोड्ने सम्बन्धी सूचना प्रकाशन गरेपश्चात पनि निर्माण सामाग्री एवं जनशक्ति परिचालन तथा निर्माण स्थल अलपत्र पारेर छाडेको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।
कार्यालयले ठेक्का तोड्नु नपर्ने वा कालोसूचिमा राख्न नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा बिश्वसनिय स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।
अन्यथा यसै सूचनालाई अन्तिम ताकेता मानि ठेक्कामा समाबेश भएको सर्तहरु बमोजिम कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले प्रकाशन गरेको सूचनामा श्री वाई.पी कन्स्ट्रक्सन र रफिना जे.भी को नाम उल्लेख गरिएको छ।