लमजुङ। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सूचना सम्प्रेषणका लागि मिडिया सेन्टर स्थापना हुने भएको छ । नेपाल पत्रकार महासंघ लमजुङको समन्वयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिडिया सेन्टर स्थापना गर्ने भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिमै मिडिया सेन्टर स्थापना गर्नेगरी प्रस्ताव गरिएको नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
मिडिया सेन्टर स्थापनाका लागि आवश्यक कोठा, ईन्टरनेट, विद्युत व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट जिल्ला समन्वय समितिसँग अनुरोध गर्ने र व्यवस्थापन गर्ने गरी निर्णय भएको अध्यक्ष अधिकारीको भनाइ छ ।