काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, शहिदमार्ग सडक योजना रोल्पाले दुई वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले पप्पु, कोशी एण्ड न्यौपाने जे.भी लाई कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
कार्यालयले आज सूचना प्रकाशित गर्दै स्पष्टीकरण मागेको छ। ठेक्का सम्झौताका शर्तहरु बमोजिम आफ्नो करारीय दायीत्व पुरा गर्न पटक पटक ताकेता गर्दा पनि चासो नदिएको सूचनामा उल्लेख गरिएको छ।
उक्त निर्माण कम्पनीले निर्माण कार्य गर्ने तर्फ कुनै पनि चासो नदेखाएको हुनाले सम्झौता अनुसार कालोसूचिमा राखिने कार्यालयले जनाएको छ। कालोसूचिमा राख्न नपर्ने कुनै पनि कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्रमा स्पष्टीकरण सहित स्वयम वा आधिकारीक प्रतिनिधि मार्फत कार्यालयलमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा सोही दफा अनुसार कारबाही अगाडी बढाउन बाध्य भईने कार्यालयले जानकारी गराएको छ।
