काठमाडौं। संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी सडक डिभिजन इलामले समयमा काम नगर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको छ। कार्यालयले एउटा निर्माण कम्पनीसँग स्पष्टीकरण मागेको हो।
हिजो (आईतबार) सूचना प्रकाशित गर्दै कार्यालयले स्पष्टीकरण मागेको छ। कार्यालय र निर्माण व्यवसायीबिच बिभिन्न मितिमा सम्झौता भएका ठेक्का हरुको न्यून कार्य भएको, म्याद समाप्त भएका र बाह्य समस्या बिना लामो समयसम्म निर्माण कार्य रोकिएका ठेक्काको निर्माण कार्य अगाडी बढाउन लिखित तथा मौखीक ताकेता गर्दा पनि सन्तोषजनक प्रगति नभएको कार्यालयले जनाएको छ।
निर्माण कार्य गर्ने तर्फ कुनै चासो नबढाएको हुनाले ठेक्का तोड्नु नपर्ने कुनै पनि कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा भरपर्दो कार्यतालिका र विश्वसनिय स्पष्टिकरण सहित आधिकारिक व्यक्तिहरु कार्यालयलमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा कारबाहीको प्रक्रिया अगाडी बढाईने कार्यालयले जनाएको छ।
