बैतडी। अप्टिकल फाइबरमा समस्या आउँदा दुई जिल्लामा टेलिफोनलगायत सबै सञ्चार बन्द भएको छ। सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलामा टेलिफोनलगायत सबै सञ्चार बन्द भएको हो।
बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा मंगलबार दिउँसो ३ बजेदेखि सञ्चार अवरुद्ध भएको हो।
अप्टिकल फाइबरमा समस्या आएकोले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट अवरुद्ध भएको छ। मोबाइल तथा इन्टरनेट अवरुद्ध हुँदा दुवै जिल्लाका बासिन्दा मारमा परेका छन्।
मोबाइल, फोन सेवा र इन्टरनेट नहुँदा स्थानीय सञ्चारविहीन हुनुका साथै निर्वाचनको मत परिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन्।
नेपाल टेलिकम बैतडीका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ब्रेक हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ।