काठमाडौं। नेपाल टेलिकमले देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई–सिम वितरण थालेको हो ।
यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौँको सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई–सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरूबाट ई–सिम लिन सकिने टेलिकमले जनाएको छ ।
अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकहरूले निःशुल्क रूपमा ई–सिम लिन सक्नेछन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई अहिलेको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।
मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्ने र क्यूआर कोडको सुविधा भएका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिने छ। आफ्नो मोबाइल सेटमा ई–सिम चल्नेनचल्ने यकिन गर्न *#06# डायल गर्नुपर्छ । ई–सिम राखेपछि अहिले राख्दै आएको सिम कार्डलाई मोबाइल फोनमा राख्नुपर्ने छैन।